मंगलबार, कार्तिक १८ गते २०८३
images
images

टोपबहादुर रायमाझी सम्पर्कविहिन, बचाऊमा एमाले

एक्सप्रेस पाना
बैशाख २२, २०८० शुक्रबार
  • 167
    SHARES
  • टोपबहादुर रायमाझी सम्पर्कविहिन, बचाऊमा एमाले

    काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका  पूर्वउपप्रधानमन्त्री एवं सांसद टोपबहादुर रायमाझी सम्पर्कविहिन बनेका छन् ।

    images

    नेकपा एमालेका सचिवसमेत रहेका टोपबहादुर रायमाझीलाई पक्राउ पुर्जी जारी भएपछि उनी सम्पर्कविहिन बनेका हुन् ।

    विहिबार एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर यस विषयमा आफ्नो असन्तुष्टि जनाएका छन् ।

    images

    विहिबार ओलीले प्रधानमन्त्री प्रचण्डसँग रायमाझीको पक्राउ पुर्जीका विषयमा प्रधानमन्त्री कार्यालय सिंहदरबार पुगेर छलफल गरेका थिए ।

    भेटपछि ओलीले दोषी उम्कन नहुने र निर्दोष फस्न नहुने प्रतिक्रिया दिदै रायमाझीको बचाउ गरेका थिए । उनले पटक–पटक मन्त्री भइसकेका र बहालवाला सांसद रहेका रायमाझीलाई बाटो बाटैबाट समात्नुपर्ने कारण नभएको बताएका थिए ।

    उनले प्रधानमन्त्रीसँगको भेटमा रायमाझीमाथि षड्यन्त्र भएको भन्दै ध्यानाकर्षण पनि गराए ।

    नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका रायमाझी बुधबार गृह जिल्ला अर्घाखाँचीको एक कार्यक्रममा सहभागी भई काठमाडौँ नै हिँडेको बताइएको छ । तर उनी अहिले कहाँ छन् भन्ने स्पष्ट भएको छैन । अन्तिम पटक उनी रुपन्देहीमा रहेको बताइए पनि त्यसपछि उनी कता गए भन्नेमा अहिले स्पष्ट जानकारी प्राप्त भएको छैन ।

    यही प्रकरणमा रायमाझीका छोरा सन्दीपलाई भने प्रहरीले बुटवलबाट पक्राउ गरेर काठमाडौं ल्याई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतबाट अनुमति लिइसकेको छ ।

    यस प्रकरणमा अहिलेसम्म ८ जनालाई पक्राउ गरिएको र थप १० जनाका बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    प्रहरीका अनुसार भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने नाममा १० देखि ५० लाख रुपैयाँसम्म लिएको भन्दै २० वटा उजुरी परेको छ । गिरोहलाई सघाएको आरोपमा पूर्वगृहमन्त्री रामबहादुर थापाका सल्लाहकार इन्द्रजित राई र उपराष्ट्रपतिको कार्यालयका सचिव टेकनारायण पाण्डेलाई पनि प्रहरीले पक्राउ गरिसकेको छ । 

    प्रहरीले यस प्रकरणमा थप सरकारी प्रशासक र राजनीतिक नेताहरूमाथि अनुसन्धान गरिरहेको बताएको छ ।