मंगलबार, कार्तिक १८ गते २०८३
images
images

संसदभित्रै अमरेशकुमारले खोले लुगा, सभामुखले दिए यस्तो चेतावनी

एक्सप्रेस पाना
बैशाख २५, २०८० सोमबार
  • 229
    SHARES
  • संसदभित्रै अमरेशकुमारले खोले लुगा, सभामुखले दिए यस्तो चेतावनी

    काठमाडौं । स्वतन्त्र सांसद अमरेशकुमार सिंहले सोमबारको संसद बैठकमा लुगा फुकालेका छन् ।

    images

    बैठक सुरू हुनासाथ बोल्न नपाएपछि उनले आफूले लगाएका लुगा खोलेका हुन् ।

    सोमबारको प्रतिनिधि सभाको बैठकमा सभामुखसँग बोल्ने समय मागेका सिंहलाई सभामुखले समय नदिएपछि कपडा खोलेर विरोध जनाएका थिए ।

    images

    सभामुख देवराज घिमिरेले आकस्मिक र विशेष समय नराखिएको जानकारी गराएपछि सिंहले कपडा खोलेर विरोध गरका थिए ।

    सिंहले कपडा खोलेर विरोध जनाएपछि सभामुख घिमिरेले संसद्मा अभद्र व्यवहार गर्न नपाइने बताउदै कारवाही गर्ने चेतावनी दिएका थिए ।

    सभामुख घिमिरेले भने- 'असिस्ट, अश्लिल, आपत्तिजनक अभिव्यक्ति नदेखाउन चेतावनी दिन्छु । अमरेश कुमार सिंहले देखाएको व्यवहार नियम ३० को आधारमा चेतावनी दिन्छु । तपाइँलाई मैले चेतावनी दिन चाहन्छु । फर्किएर आएर बस्नुहोस् । असभ्य व्यवहार देखाउनुहोस् । नियमअनुसार आफ्ना कुराहरु राख्नुहोस् ।'

    सभामुखको चेतावनीपछि सिंहले आफ्नो कपडा लगाएका थिए ।