सोमबार, कार्तिक १७ गते २०८३
images
images

अत्यधिक रक्तस्रावका कारण सुत्केरीको मृत्यु

एक्सप्रेस पाना
भाद्र २८, २०७८ सोमबार
  • 465
    SHARES
  • अत्यधिक रक्तस्रावका कारण सुत्केरीको मृत्यु

    भदौ २८ सोलुखुम्बु । अत्यधिक रक्तस्रावका कारण खुम्बु पासाङल्हामु गाउँपालिकामा एक सुत्केरीको ज्यान गएको छ । ज्यान गुमाउनेमा लुक्ला–२ की २५ वर्षीया शान्ति राई रहेको पासाङ ल्हामु अस्पतालले जनाएको छ ।

    images

    अस्पतालका मेडिकल अधिकृत अनेश केसीका अनुसार आइतबार साँझ ६ बजे सामान्य अवस्थामै छोरालाई जन्म दिएकी राईको सोमबार बिहान मृत्यु भएको थियो । साल अड्किएकाले अत्यधिक रक्तस्राव भएको मेडिकल अधिकृत केसीले बताए ।

    तत्काल रगत आवश्यक परे पनि उपलब्ध नहुँदा सुत्केरीको ज्यान गएको मृतकका श्रीमान् रन्दीप राईले बताए । अहिले बच्चाको अवस्था भने सामान्य रहेको अस्पतालले जनाएको छ ।

    images