साताको तेस्रो कारोबारको दिन आज (मंगलबार) नेपाली बजारमा सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य स्थिर रहेको छ ।
सोमबार प्रतितोला तीन सय रुपैयाँ बढेको सुनको मूल्य यस दिन पनि प्रतितोला तीन सय रुपैयाँ नै बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ११ हजार दुई सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १० हजार छ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।
सोमबार छापावाल सुन प्रतितोला एक लाख १० हजार नौ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १० हजार तीन सय ५० रुपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी, मंगलबार चाँदीको मूल्य भने स्थिर रहेको छ । आज चाँदी प्रतितोला १४ सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार पनि चाँदी सोही मूल्यमा किनबेच भएको थियो ।
.jpg)


