आइतबार, कार्तिक १६ गते २०८३
images
images

प्रेमिकाको अश्लिल फोटो-भिडियो सामाजिक सञ्जालमा पोष्ट गर्ने एक युवक पक्राउ

एक्सप्रेस पाना
भाद्र २९, २०७८ मंगलबार
  • 466
    SHARES
  • प्रेमिकाको अश्लिल फोटो-भिडियो सामाजिक सञ्जालमा पोष्ट गर्ने एक युवक पक्राउ

    भदौ २९ काठमाडौं । प्रेम सम्बन्धमा रहेको बेला खिचिएको अश्लिल फोटो, भिडियो सामाजिक सञ्जालमा पोष्ट गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।

    images

    दोलखा बैतेश्वर ८ स्थायी घर भएका हाल, टोखा धनेश्वर बस्ने २३ वर्षीया सुजन जिरेललाई पाँचखालबाट पक्राउ गरिएको हो। महानगरीय अपराध महाशाखाले दिएको जानकारी अनुसार जिरेलले प्रेमीकासँग विवाद गरेर उनको मोबाइल खोसेर मोबाइलमा रहेको फोटो र भिडियो फेसबुक, इन्ट्राग्राम जस्ता सोसल साइटमा अपलोड गरेको थिए ।

    महानगरीय अपराध महाशाखाका एसपी कृष्ण कोइरालाका अनुसार काठमाडौंमा बस्ने जिरेलकी प्रेमीकाले आइतबार महाशाखामा उजुरी दिएकी थिइन्। सम्बन्धमा हुँदा उनीहरुले एक अर्काको आइडी पासवर्ड पनि शेयर गर्ने गरेका थिए। यसको फाइदा उठाउँदै जिरेलले प्रेमीकाकै आइडीबाट अश्लिल भिडियो र फोटो अपलोड गरेका थिए।

    images

    काभ्रेको पाँचखालमा लुकी बसेको भन्ने सूचनाको आधारमा अपराध महाशाखाको समन्वयमा जिल्ला प्रहरी कार्यालय काभ्रेले जिरेललाई पक्राउ गरेको हो। उनीबारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।