काठमाडौं । बालुवाटारमा प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दलका नेता तथा एमाले अध्यक्ष केपी शर्मा ओलीबीच छलफल भएको छ ।
सोमबार बिहान तीन नेताबीच झन्डै डेढ घन्टा बालुवाटारमा छलफल भएको हो । छलफलमा के-के विषयमा कुराकानी भयो भन्नेबारे तीन जना नेताहरूले कुनै प्रतिक्रिया दिएनन् ।
प्रधानमन्त्री प्रचण्डको सचिवालय भने सदनमा विचाराधीन विधेयकबारे तीन नेताबीच छलफल भएको जनाएको छ ।
यस्तै बैठकमा प्रधानमन्त्रीले नीति तथा, बजेटमा सुझाव मागेको पनि सचिवालयले बताएको छ ।
.jpg)


