मंगलबार, कार्तिक १८ गते २०८३
images
images

पूर्वगृहमन्त्री बालकृष्ण खाँण आफ्नै निवासबाट पक्राउ

एक्सप्रेस पाना
बैशाख २७, २०८० बुधबार
  • 160
    SHARES
  • पूर्वगृहमन्त्री बालकृष्ण खाँण आफ्नै निवासबाट पक्राउ

    काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा नेपाली कांग्रेसका नेता बालकृष्ण खाँण पक्राउ परेका छन् ।

    images

    पूर्वगृहमन्त्री समेत रहेका खाँणलाई बुधबार बिहान उनकै निवासबाट पक्राउ गरेको प्रहरी स्रोतले जनाएको छ । उनलाई अहिले प्रहरी परिसर टेकु लगिएको छ ।

    यस प्रकरणमा पक्राउ पर्ने खाँण उच्च राजनीतिक नेता हुन् । यस अघि प्रहरीले नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीलाई पक्राउ पुर्जी जारी गरेपनि उनी अहिलेसम्म फरार रहेका छन् ।

    images

    यस प्रकरणमा प्रहरीले यसअघि नेपाल सरकारका सचिव, पूर्व गृहमन्त्रीका सल्लहाकारसहित १० जनालाई पक्राउ गरिसकेको छ ।