सोमबार, कार्तिक १७ गते २०८३
images
images

आज पनि बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ खरिद-बिक्री ?

एक्सप्रेस पाना
बैशाख २७, २०८० बुधबार
  • 229
    SHARES
  • आज पनि बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ खरिद-बिक्री ?

    काठमाडौं । साताको चौथो दिन आज (बुधबार) नेपाली बजारमा सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य स्थिर छ । यसअघि मंगलबार प्रतितोला ३०० रुपैयाँ बढेको सुनको मूल्य बुधबार प्रतितोला ४०० रुपैयाँले बढेको हो ।

    images

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला १ लाख ११ हजार ६०० रुपैयाँ कायम गरिएको छ । यसैगरी तेजाबी सुन प्रतितोला १ लाख ११ हजार ५० रुपैयाँमा कारोबार भइरहेको छ ।  

    यस्तै, अघिल्लो कारोबार दिन मंगलबार छापावाल सुन प्रतितोला १ लाख ११ हजार २०० रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख १० हजार ६५० रुपैयाँमा कारोबार भएको थियो । 

    images

    त्यसैगरी, बुधबार पनि चाँदीको मूल्य भने स्थिर छ। बुधबार चाँदी प्रतितोला १४ सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबार पनि चाँदी सोही मूल्यमा किनबेच भएको थियो ।