भदौ २९ काठमाडौं । मौसम पूर्वानुमान महाशाखााका अनुसार आज बागमती र गण्डकी प्रदेशमा वर्षाको सम्भावना छ । भारतको ओडिसा र आसपासमा अवस्थित न्यून चापीय प्रणालीका कारण आज हल्कादेखि मध्यम वर्षाको आँकलन गरिएको हो ।
मंगलबार दिउँसोमा देशभर सामान्य बदली रही धेरै स्थानहरुमा मेघ गर्जन चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। त्यस्तै, रातीमा देशभर आंशिक देखि सामान्य बदली रही बाग्मती, गण्डकी प्रदेशका केही र बांकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जनर चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।
.jpg)

