शनिबार, भाद्र २७ गते २०८३
images

पुष्कर ढुङ्गेलको भारी बोक्नेको कथा 'भरिया' को ट्रेलर सार्वजनिक [भिडियोसहित]

एक्सप्रेस पाना
भाद्र २९, २०७८ मंगलबार
  • 568
    SHARES
  • पुष्कर ढुङ्गेलको भारी बोक्नेको कथा  'भरिया' को ट्रेलर सार्वजनिक [भिडियोसहित]

    भदौ २९ काठमाडौं । यस समाजमा तमाम कथाहरू छन् : गीत गाउनेको कथालाई 'गाइनेको कथा' नदीको बगरमा गिट्टी कुट्ने/बालुवा चाल्नेको कथालाई 'मजदुरको कथा' र शहरबजारमा या पहाडका गोरेटाहरूमा पिठ्युँमा भारी बोक्नेको कथालाई 'भरियाको कथा' । यी कथाहरू मानिसको दैनिक जीवनयापनसँग प्रत्यक्ष जोडिएर सरोकार राख्दछन् ।

    images

    यसै क्रममा रूपचन ढुङ्गेल (पुष्कर)द्वारा निर्देशित भारी बोक्नेको कथा 'भरिया' बजारमा आएको छ । ढुङ्गेल र विनोद सुवेदी खत्रीको लेखन रहेको नेपाली सिरियल 'भरिया'को ह्याप्पी टुडे युट्युब च्यानलमार्फत ट्रेलर सार्वजनिक भएको छ ।

    ठाकुर खतिवडा र सुविन दाहालले सम्पादन गरेको भरियाका कार्यकारी निर्माता सुमित रजक रहेका छन् भने नवराज खड्काले यसलाई छायाङ्कन गरेका छन् । यसैगरी सन्तोष कार्कीले कुशल व्यवस्थापकको जिम्मेवारी निर्वाह गरेका छन् ।

    images


    भारी बोक्नेको कथा 'भरिया'मा रामबाबु रेग्मी, क्षितिज सुवेदी, कमला रेग्मी, भीमा मैनाली, सस्मिता गिरी, महेश थापा, आरती अधिकारी, नवीन आचार्य, पूजा गौतम, कृष्ण कार्की, नवीन डिसी, सिद्धान्त रोका, केदार मैनाली र डबल बुढाथोकीले अभिनय गरेका छन् । 

    भिडियो