मंगलबार, कार्तिक १८ गते २०८३
images
images

खाँणलाई कांग्रेसले तत्काल कारबाही नगर्ने

एक्सप्रेस पाना
बैशाख २८, २०८० बिहीबार
  • 151
    SHARES
  • खाँणलाई कांग्रेसले तत्काल कारबाही नगर्ने

    नक्कली भुटानी शरणार्थी प्रकणमा पक्राउ परेका कांग्रेस केन्द्रीय सदस्य तथा पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई कांग्रेसले तत्काल कारबाही नगर्ने भएको छ । बिहीबार बसेको पदाधिकारी पूर्वपदाधिकारीको बैठकले तत्काल कारबाही गर्नुनपर्ने निष्कर्ष निकालेको हो । 

    images

    बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै सहमहामन्त्री जीवन परियालले खाँणले अनुसन्धानमा सघाइरहेको भन्दै अहिले नै पार्टीले कारबाही गर्नुपर्ने अवस्था नआएको बताए । उनले अहिले नै दोषी भन्न नमिल्ने भन्दै कारबाही गर्नुपर्ने अवस्था आए कारबाही गरिने बताए । 

    उनले यो प्रकरणमा पार्टीले अनुसन्धानमा सघाउने बताए । खाँणलाई कारबाही गर्ने विषयमा पार्टीमा कुनै फरकमतसमेत नरहेको परियारको दाबी छ । खाँण बुधबार आफ्नै निवासबाट पक्राउ परेका थिए । उनलाई तीन दिन थुनामा राख्न जिल्ला अदालत काठमाडौंले अनुमति दिएको छ । उनी अहिले प्रहरी हिरासतमा छन् ।

    images