सोमबार, कार्तिक १७ गते २०८३
images
images

सुनको मूल्य तोलामा ८ सय रुपैयाँले घट्यो

एक्सप्रेस पाना
बैशाख २९, २०८० शुक्रबार
  • 252
    SHARES
  • सुनको मूल्य तोलामा ८ सय रुपैयाँले घट्यो

    काठमाडौं । साताको अन्तिम कारोबारको दिन आज शुक्रबार अघिल्लो दिनको तुलनामा सुनको मूल्य तोलामा ८ सय रुपैयाँले सस्तिएको छ ।

    images

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला १ लाख १० हजार ८ सय रुपैयाँ झरेको हो । अघिल्लो दिन छापावाला सुन प्रतितोला १ लाख ११ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो । 

    यस्तै आज तेजाबी सुनको मूल्य समेत तोलामा ८ सय रुपैयाँले नै सस्तिदै १ लाख १० हजार २५० रुपैयाँमा कारोबार भइरहेको छ । यता चाँदीको मूल्य भने आज एकै दिन तोलामा ५५ रुपैयाँले घट्दै १ हजार ३७५ रुपैयाँमा झरेको छ । अघिल्लो दिन चाँदी प्रतितोला १ हजार ४३० रुपैयाँमा कारोबार भएको थियो । 

    images