सोमबार, कार्तिक १७ गते २०८३
images
images

नयाँ ब्रोकर लाइसेन्स पाउन आर्थिक चलखेल भएको भन्ने आरोप प्रमाणित गर्न स्टक ब्रोकर्स एसोसिएसनलाई न्यू स्टक ब्रोकर एसोसिएसनको चुनौती

एक्सप्रेस पाना
बैशाख ३१, २०८० आइतबार
  • 299
    SHARES
  • नयाँ ब्रोकर लाइसेन्स पाउन आर्थिक चलखेल भएको भन्ने आरोप प्रमाणित गर्न स्टक ब्रोकर्स एसोसिएसनलाई न्यू स्टक ब्रोकर एसोसिएसनको चुनौती

    काठमाडौं । नयाँ ब्रोकर लाइसेन्सका लागि पूर्वस्वीकृति (एलओआई) पाएका ४३ वटा ब्रोकरहरुको संगठन न्यू स्टक ब्रोकर एसोसिएसन नेपालले विद्यमान स्टक ब्रोकर्स एसासिएसनले लगाएको आरोप प्रमाणित गर्न चुनौती दिएको छ । नयाँ ब्रोकर लाइसेन्स पाउन आर्थिक चलखेल भएको भन्दै स्टक ब्रोकर्स एसासिएसन अफ नेपालले विज्ञप्ति जारी गरेपछि त्यसको प्रतिवाद गर्दै नयाँ खुल्न लागेका ब्रोकर कम्पनीहरुले आरोप प्रमाणित गर्न चुनौती दिएका हुन् ।

    images

    ५६ लाख लगानीकर्ताको हित र पुँजी बजारको समग्र विकासका लागि नयाँ ब्रोकर लाइसेन्स, नयाँ स्टक र कमोडिटी एक्सचेन्ज अपरिहार्य भएको पनि विज्ञप्तिमा उल्लेख गरिएको छ ।

    ‘भ्रामक, कवोलकल्पित, आधारहीन विज्ञप्तिले सम्पूर्ण ५६ लाख लगानीकर्ताहरुले गरेको अपेक्षामा तुषारापात गरेको छ' नयाँ एसोसियसनले जारी गरेको विज्ञप्तिमा भनिएको छ । धितोपत्र बजारको विकास र विस्तारको लागि नियामक निकायले लिएको सकारात्म कदमलाई पनि हाल सञ्चालनमा रहेका ब्रोकरहरुले नकारात्म रुपमा टिकाटिप्पणी गरेको नायाँ स्टक ब्रोकर एसोसिएसनले बताएको छ।

    images

    नयाँ ब्रोकर कम्पनीहरु आउन लागेपछि सिन्डिकेट गर्न पल्केकाहरु आत्तिएको समेत दाबी गरिएको छ। पुँजी बजारमा नयाँ प्रडक्ट, नयाँ प्रविधि भित्र्याई लगानीकर्तालाई सेवा र सुविधा दिन अपरिहार्य भएको समेत न्यू स्टक ब्रोकर एसोसिएसनले बताएको छ ।

    No description available.

    No description available.

    No description available.

    No description available.