मंगलबार, कार्तिक १८ गते २०८३
images
images

टोपबहादुर रायमाझी पक्राउ

एक्सप्रेस पाना
बैशाख ३१, २०८० आइतबार
  • 257
    SHARES
  • टोपबहादुर रायमाझी पक्राउ

    काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा फरार रहेका पूर्वउपप्रधानमन्त्री तथा एमाले नेता टोपबहादुर रायमाझी पक्राउ परेका छन् ।

    images

    प्रहरी स्रोतका अनुसार रायमाझीलाई आइतबार साँझ काठमाडौंको बूढानीलकण्ठ क्षेत्रबाट पक्राउ गरिएको हो ।

    यहि वैशाख २० पक्राउ पुर्जी जारी भएदेखि नै रायमाझी फरार थिए । अर्घाखाँचीको एक सार्वजनिक कार्यक्रममा सहभागी भएर काठमाडौँ आउने भन्दै रुपन्देहीबाट उनी सम्पर्कविहिन बनेका थिए ।

    images

    सोही साँझ उनका छोरा सन्दीपलाई प्रहरीले भैरहवाबाट पक्राउ गरेको थियो ।

    रायमाझी नक्कली भुटानी शरणार्थी प्रकरणको प्रमुख योजनाकार रहेको प्रहरीको दाबि रहेको छ ।

    एमाले सचिव समेत रहेका रायमाझीलाई पार्टीले यसअघि नै निलम्बन गर्दै अनुसन्धानमा सहयोग गर्ने निर्देशन दिएको थियो ।