मंगलबार, कार्तिक १८ गते २०८३
images
images

विद्यार्थी एकता दिवसमा पाँच वामपन्थी नेता एउटै मञ्चमा देखिने

एक्सप्रेस पाना
जेठ १, २०८० सोमबार
  • 148
    SHARES
  • विद्यार्थी एकता दिवसमा पाँच वामपन्थी नेता एउटै मञ्चमा देखिने

    काठमाडौं । विद्यार्थी एकता दिवसको अवसर पारेर पाच विद्यार्थी संगठनले आज विशेष कार्यक्रम गर्ने भएका छन् ।

    images

    नेकपा माओवादी निकट अखिल क्रान्तिकारी, नेकपा एकीकृत समाजवादी  निकट अनेरास्ववियु, राष्ट्रिय जनमोर्चा निकट अखिल छैठौ, नेसपा निकट समाजवादी विद्यार्थी युनियन र नेकपा निकट अखिल क्रान्तिकारीले कार्यक्रम आयोजना गर्न लागेका हुन् ।

    जेठ १ गते अथात् आज राष्ट्रिय नाचघरमा हुने विद्यार्थी दिवस र अबको बाटो विषयक कार्यक्रममा प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादी अध्यक्ष माधव कुमार नेपाल सहभागी हुने अनेरास्ववियुका उपाध्यक्ष जिपि मैनालीले जानकारी दिए ।

    images

    उनले नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराई, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी र नेकपा महासचिव नेत्रविक्रम चन्द विप्लव सहभागी हुने बताए ।
    ु
    विद्यार्थीहरुमा एकताको सन्देश दिन आफुहरुले संयुक्त कार्यक्रम गर्न लागेका छौु  मैनालीले भने,ुपार्टी सडक र सत्तामा जहा भएपनी हामी सँगै छौ र सँगै हुनेछौ ।ु