सोमबार नेपाली बजारमा सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य स्थिर रहेको छ ।
आइतबार स्थिर रहेको सुनको भाउ आज प्रतितोला दुई सय रुपैयाँ बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ११ हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १० हजार चार सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।
आइतबार प्रतितोला १३ सय ७५ रुपैयाँमा कारोबार भएको चाँदी सोमबार पनि सोही मूल्यमा किनबेच भएको छ ।
.jpg)


