काठमाडौं । साताको तेस्रो दिन आज मंगलबार नेपाली बजारमा सुनको मूल्य सामान्य बढेको छ भने चाँदीको मूल्य स्थिर रहेको छ ।
गत कारोबार दिन अर्थात् सोमबार प्रतितोला दुई सय रुपैयाँ बढेको सुनको मूल्य यस दिन प्रतितोला एक सय रुपैयाँ बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ११ हजार एक सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १० हजार पाँच सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यसैगरी, मंगलबार चाँदीको मूल्य भने स्थिर रहेको छ। आज चाँदी प्रतितोला १३ सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ ।
.jpg)


