सोमबार, कार्तिक १७ गते २०८३
images
images

सुनको मूल्यमा सामान्य गिरावट

एक्सप्रेस पाना
जेठ ४, २०८० बिहीबार
  • 219
    SHARES
  • सुनको मूल्यमा सामान्य गिरावट

    काठमाडौँ । साताको पाँचौं दिन आज बिहीबार सुनको मूल्यमा सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले अघिल्लो दिनको तुलनामा छापावाल सुन तोलामा ३०० रुपैयाँले घटेको जानकारी दिएको हो । 

    images

    बिहीबार तोलामा १ लाख १० हजार रुपैयाँमा कारोबार भएको छापावाल सुन बिहीबार १ लाख ९ हजार ७०० रुपैयाँमा कारबोर भएको छ । 

    यस्तै तेजावी सुन तोलामा १ लाख ९ हजार २०० रुपैयाँमा कारोबार भएको छ । यसैबीच बिहीबार चाँदीको मूल्य भने स्थिर रहेको छ । बुधबार तोलामा १३७० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य बिहीबार पनि सोही मूल्यमा कारोबार भएको हो । 

    images