जनता समाजवादी पार्टी, नेपालको विधान मस्यौदा समितिको बैठक बसिरहेको छ । बिहानदेखि जारी बैठक विधानको प्रारम्भिक मस्यौदामाथि पार्टीका विभिन्न समिति र सङ्गठनबाट प्राप्त सुझावमाथि छलफल भइरहेकाे छ ।
जसपाको विधान अधिवेशनमा विभिन्न समिति र सङ्गठनहरुबाट गरी ७७८ जना प्रतिनिधि रहने छन् । असारको ९, १० र ११ गते विधान अधिवेशन गर्ने जसपाको तयारी छ ।
.jpg)

