मंगलबार, कार्तिक १८ गते २०८३
images
images

भारतकाे सिमानादेखि सिन्धुलीकाे मदन भण्डारी लाेकमार्गसम्म पक्की बाटाे माग्दै प्रधानमन्त्रीलाई मागपत्र पेश

एक्सप्रेस पाना
जेठ ६, २०८० शनिबार
  • 163
    SHARES
  • भारतकाे सिमानादेखि सिन्धुलीकाे मदन भण्डारी लाेकमार्गसम्म पक्की बाटाे माग्दै प्रधानमन्त्रीलाई मागपत्र पेश

    काठमाडौं : भारतकाे सिमाना पर्ने सर्लाहीकाे विष्णु गाउँपालिका देखि सिन्धुलीकाे मदन भण्डारी लाेकमार्गसम्म जाेड्ने पक्की बाटाे माग गर्दै धानमन्त्रीलाई मागपत्र पेश गरिएकाे छ । याे बाटाे निर्माणमा लागि अगुवाई गर्दै आएका कांग्रेस नेता विनाेद खनालले शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटेर मागपत्र पेश गरेका हुन् । खनालसँगै मागपत्र लिएर सर्लाहीबाट निर्वाचित सांसद एवं खानेपानी मन्त्री महेन्द्र यादवले प्रधानमन्त्री प्रचण्डलाई भेटेका हुन् । 

    images

    भारतकाे सिमानामा पर्ने विष्णु गाउँपालिका हुँदै चकरघट्टा,बरहथवा, हरिपुर,हरिवन हुँदै सिन्धुलीकाे मदन भण्डारी लाेकमार्गसम्म जाेड्ने करिब ६० किमि पक्कि पिचबाटाे निर्माणका लागि खनाल  विगत दुई वर्षदेखि याे बाटाे निर्माणकाे अभियानमा छन् । सर्लाहीका दुई लाख नागरिक लाभान्वित हुने ठानिएकाे याे मार्ग निर्माण हुनुपर्नमा सर्लाहीका स्थानिय, प्रदेश र संघका सबै जनप्रतिनिधिकाे समर्थन छ । उनीहरूकाे समर्थन पत्र प्रधानमन्त्रीलाई बुझाइएकाे छ । प्रधानमन्त्रीले माग पत्र बुझ्दै याे मार्ग निर्माणका लागि आवश्यक कारवाही अगाडि बडाउन अर्थमन्त्रालय पठाउनुभएकाे छ । `प्रधानमन्त्री ज्यूले हाम्राे मागलाई गम्भीरताका साथ लिनुभएकाे छ । अर्थमन्त्रीज्यूसँग पनि यसबारे हामी कुरा गर्दैछाैं,´ खनालले भने ।