सोमबार, कार्तिक १७ गते २०८३
images
images

घट्यो सुनको मुल्य

एक्सप्रेस पाना
जेठ ११, २०८० बिहीबार
  • 172
    SHARES
  • घट्यो सुनको मुल्य

    काठमाडौँ । साताको पाँचौ दिन आज (बिहिबार) नेपाली बजारमा सुनको मुल्य एक हजार रुपैयाँले घटेको छ ।

    images

    बिहीबार सुनको मुल्य तोलामा १ हजार रुपैयाँले घटेर छापावाल सुन प्रतितोला १ लाख ८ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

    बुधबार छापावाल सुनको भाउ तोलामा ६०० रुपैयाँले बढेर १ लाख ९ हजार ८०० रुपैयाँ किनबेच भएको थियो । बिहीबार तेजाबी सुन प्रतितोला १ लाख ८ हजार ३०० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । बुधबार तेजाबी सुन १ लाख ९ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो । 

    images

    बिहीबार चाँदीको भाउ पनि तोलामा १० रुपैयाँले घटेर १ हजार ३५० रुपैयाँ कायम भएको छ । बुधबार तोलामा ५ रुपैयाँले घटेर चाँदी १ हजार ३६० रुपैयाँमा किनबेच भएको थियो ।