मंगलबार, कार्तिक १८ गते २०८३
images
images

नक्कली भुटानी शरणार्थी प्रकरण- शुक्रबारदेखि न्यायाधीशसमक्ष प्रतिवादीको बयान

एक्सप्रेस पाना
जेठ ११, २०८० बिहीबार
  • 180
    SHARES
  • नक्कली भुटानी शरणार्थी प्रकरण- शुक्रबारदेखि न्यायाधीशसमक्ष प्रतिवादीको बयान

    नक्कली भुटानी शरणार्थी प्रकरणका प्रतिवादीहरुको शुक्रबारबाट न्यायाधीशसमक्ष बयान सुरु हुने भएको छ ।

    images

    बुधबार जिल्ला अदालत काठमाडौंमा ३० जनाविरुद्ध मुद्दा दायर भएकाले शुक्रबारबाट न्यायाधीशसमक्ष प्रतिवादीहरुको बयान हुने भएको हो ।

    १४ जना फरार रहेका छन् भने न्यायिक हिरासतमा रहेका १६ जनाको बयान हुनेछ ।

    images

    बयान सकिएपछि हुने थुनछेक बहसपछि मात्र प्रतिवादीहरुलाई थुनामा राख्ने वा धरौटीमा रिहा गर्ने वा साधारण तारेखमा रिहा गर्ने भन्ने टुंगो लाग्नेछ ।