मंगलबार, कार्तिक १८ गते २०८३
images
images

एमालेको अवरोधपछि संसद बैठक २० मिनेटका लागि स्थगित

एक्सप्रेस पाना
जेठ १२, २०८० शुक्रबार
  • 169
    SHARES
  • एमालेको अवरोधपछि संसद बैठक २० मिनेटका लागि स्थगित

    प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अवरोधका कारण प्रतिनिधिसभाको बैठक २० मिनेटका लागि स्थगित भएको छ । 

    images

    सत्तारुढ दल नेकपा माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले तत्कालीन एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले पशुपतिमा सुनको जलहरीको सट्टा पित्तल लगाएको भनेको विषयमा एमालेले अवरोध गरेको हो ।

    ‘एमाले नेतृत्वकाे सरकारले पशुपतिनाथमा सुनकाे साटाे पित्तल लगाएकाे भने आराेप लगाइएकाे छ । याे आरोप कसरी आएको छ । प्रमाण तथ्यबेगर स्वीकार्य हुँदैन । यदि पशुपतिनाथको जलहरी सुन होइन पित्तल हो भने यो सरकारले जवाफ दिनुपर्छ । जवाफ नआएसम्म सदन अगाडि बढ्न सक्ने छैन । माफि माग्नुपर्छ र रेकर्डबाट हटाउनु पर्छ,’ एमालेका प्रमुख सचेतक पदम गिरीले भने । 

    images