भदौ २९ इलाम । इलामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मंगलबार बिहान सूर्योदय नगरपालिका १० स्थित फिक्कल बजारमा मानसिक सन्तुलन ठिक नभएको एक व्यक्तिको करेन्ट लागेर मृत्यु भएको हो ।
वेवारिसे अवस्थामा मागी खाइ हिड्ने अन्दाजी ३५ वर्षको नामथर नखुलेको पुरुष मानिस सड्कको पेटिमा हिडिरहेको अवस्थामा एक्कासी विद्युतको तार चुडिएर करेन्ट लागि मृत्यु भएको हो ।
सो घटनाको जानकारी पाउनसाथ प्रहरी चौकी फिक्कल र इलाका प्रहरी कार्यालय पशुपतिनगरबाट प्रहरी निरीक्षकको टोली र प्रहरी चौकी फिक्कलबाट प्रहरी नायव निरीक्षकको कमाण्डमा टोली घटनास्थलमा पुगेको थियो ।
प्रहरीले कानुनी प्रक्रिया पुरा गरी शवलाई पोष्टमार्टमको लागि फिक्कल अस्पतालमा राखिएको तथा अहिलेसम्म शवको पहिचान नखुलेको जिल्ला प्रहरी कार्यालय इलामले जानकारी गराएको छ ।
.jpg)


