मंगलबार, कार्तिक १८ गते २०८३
images
images

प्रधानमन्त्री दाहालसँग सुरक्षा सल्लाहकार डोभालको भेट

एक्सप्रेस पाना
जेठ १७, २०८० बुधबार
  • 197
    SHARES
  • प्रधानमन्त्री दाहालसँग सुरक्षा सल्लाहकार डोभालको भेट

    नयाँदिल्ली, १७ जेठ (रासस) : भारत भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग भारतीय प्रधानमन्त्रीका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालले शिष्टाचार भेटवार्ता गर्नुभएको छ । 

    images

    प्रधानमन्त्री दाहाललाई भेट्न डोभाल उहाँ बस्नुभएको होटल मौर्यमा पुग्नुभएको थियो । आज अपराह्न भएको सो भेटमा द्विपक्षीय हित र चासोका बारेमा कुराकानी भएको थियो । 

    यसैबीच आजै प्रधानमन्त्री दाहालसँग भारतीय विदेश सचिव विनयमोहन क्वात्राले पनि भेटवार्ता गर्नुभएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा प्रधानमन्त्री दाहाल चारदिने भारत भ्रमणका लागि आजै नयाँ दिल्ली आइपुग्नुभएको हो । 

    images