सोमबार, कार्तिक १७ गते २०८३
images
images

नेपालको सबैभन्दा सुरक्षित विधुत्तिय भुक्तानी भनेकै ‘आइएमई पे’

एक्सप्रेस पाना
जेठ १९, २०८० शुक्रबार
  • 182
    SHARES
  • नेपालको सबैभन्दा सुरक्षित विधुत्तिय भुक्तानी भनेकै ‘आइएमई पे’

    काठमाडौं । आइएमई डिजिटल सोलुसन लिमिटेडको“आइएमई पे” ले हालै ‘सिसापिसि आईडी एसएस’ प्रमाणीकरण प्राप्त गरेको छ । यो प्रमाणीकरणबाट आइएमई पे नेपालकै सबैभन्दा सुरक्षित तथा भरपर्दो विधुत्तिय भुक्तानी माध्यम बन्न सफल भएको छ ।

    images

    आफ्नो स्थापना कालदेखि नै सेवाग्रहीहरुको व्यक्तिगत जानकारी तथा विवरणहरुको विशेष सुरक्षा गर्दै आएको आइएमई पे ले केही समययता सिसाइन्फर मेसन सेक्युरिटी मार्फत पिसि आईडी एसएसको मापदण्डहरु पुरा गरी सो प्रमाणीकरण प्राप्त गरेको हो ।

    सो प्रमाणीकरण प्रत्येक वर्ष हुने अडिट पश्चात नविकरण गरिन्छ । यसै क्रममा यो वर्ष पनि आइएमई पेले सिसा पिसि आईडी एसएस प्रमाणको सम्पूर्ण मापदण्डहरु पुराएर नविकरण गरेको छ । आइएमई पेले अन्तरराष्ट्रिय स्तरको सुरक्षा प्रदान गर्दै ग्राहकवर्गको निजी तथा संवेदनशील जानकारीहरुको गोपनियता कायम गर्नका साथै डाटा उल्लङ्घन हुनबाट जोगाउने क्षमता भएका कारण सो प्रमाणीकरण प्राप्त गरेको हो ।

    images