बुधबार, भाद्र २४ गते २०८३
images

थप पाँच कम्पनीको एक करोड २९ लाख कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत, कुनको कति ?

एक्सप्रेस पाना
जेठ १९, २०८० शुक्रबार
  • 288
    SHARES
  • थप पाँच कम्पनीको एक करोड २९ लाख कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत, कुनको कति ?

    काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा थप पाँच कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । यो साता अर्थात जेठ १४ गतेदेखि १८ गतेको बीचमा पाँच कम्पनीको १ करोड २९ लाख ८३ हजार २९४.३५ कित्ता बोनस सेयर सूचीकृत भएको हो ।

    images

    नेप्सेमा सपोर्ट लघुवित्त वित्ती संस्था लिमिटेडको ११ प्रतिशत बोनस बापतको ९४ हजार ३८० कित्ता, मिथिला लघुवित्तको १५ प्रतिशत बोनस बापतको २ लाख ५५ हजार ६५५.७७ कित्ता र स्वरोजगार लघुवित्तको २२ प्रतिशत बोनस बापतको ११ लाख ३१ हजार १८.०७ कित्ता बोनस सेयर सूचीकृत भएको छ ।

    त्यस्तै, प्रभु इन्स्योरेन्सको ६.७० प्रतिशत बोनस बापतको ८ लाख ६४ हजार १०६.७६ कित्ता र हाइड्रोइलेट्रिसिटि इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्टको ५ प्रतिशत बोनस बापतको एक करोड ६ लाख ३८ हजार १३३.७५ कित्ता बोनस सेयर सूचीकृत भएको छ ।

    images

    पाँच वटै कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई वितरण गरेको बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो । अब उक्त बोनस हितग्राही खातामा जम्मा भएपछि मात्र सेयरधनीहरुले खरिद बिक्री गर्ने पाउनेछन् ।

  • सम्बन्धित विषय:

  • # नेपाल स्टक एक्सचेञ्ज