मंगलबार, कार्तिक १८ गते २०८३
images
images

पार्टी विधि र नियममा नचल्दा असन्तुष्टि बढेको मन्त्रि सिंहको आरोप

एक्सप्रेस पाना
जेठ २०, २०८० शनिबार
  • 234
    SHARES
  • पार्टी विधि र नियममा नचल्दा असन्तुष्टि बढेको मन्त्रि सिंहको आरोप

    काठमाडौं । नेपाली कांग्रेसका प्रभावशाली नेता एवं प्रतिनिधि सभा सदस्य प्रकाशमान सिंहले पार्टी विधि र नियममा नचलेको टिप्पणी गरेका छन् ।

    images

    आज पार्टीको ललितपुर जिल्ला कार्यसमितिको सम्मेलनलाई सम्बोधन गर्दै उनले पार्टी विधि र नियममा नचल्दा असन्तुष्टि बढेको बताएका हुन् ।

    नेता सिंहले जननिर्वाचित प्रतिनिधि र संगठनका नेताहरूबीच समन्वयको आवश्यकता देखिएको पनि बताएका छन् ।

    images

    जनताको इच्छा, आकांक्षाबमोजिमा समयलाई बुझेर पार्टीलाई अघि बढाउनुको विकल्प नरहेको उनले बताए ।

    पार्टीलाई संस्थागतरुपमा अघि बढाउनसके अरु कुनै राजनीतिक दलले चुनौति दिन नस्कन्ने उनको भनार्य छ ।

    कांग्रेसले आगामी दिनमा आउने चुनौतीहरु सशक्त रुपमा ट्याकल गर्छ भन्ने इमेज दिनुपर्नेसमेत उनले बताए। नेता सिहले पार्टीभित्र एकले अर्कोलाई दोषारोपण नगरी र हिलो नछयापी काम गर्न पर्ने बताए ।