आइतबार, कार्तिक १६ गते २०८३
images
images

भारतको ओडिशा रेल दुर्घटनामा मृत्यु हुनेको संख्या २८८ पुग्यो

एक्सप्रेस पाना
जेठ २०, २०८० शनिबार
  • 494
    SHARES
  • भारतको ओडिशा रेल दुर्घटनामा मृत्यु हुनेको संख्या २८८ पुग्यो

    एजेन्सी भारतको ओडिशा राज्यको बालासोरमा शुक्रबार साँझ करिब सात बजे भएको रेल दुर्घटनामा मृत्यु हुनेको संख्या २८८ पुगेको छ । भारतीय सञ्चार माध्यमहरूका अनुसार घटनामा एक हजारभन्दा धेरै घाइते भएका छन् । मृतकको संख्या अझै बढ्न सक्ने जनाइएको छ । भारतीय सेनासहित सुरक्षाकर्मी उद्धारमा खटिएका छन् । 

    images

    तीनवटा रेल एक आपसमा ठोक्किदा यो भयानक दुर्घटना भएको हो । भारतको रेल दुर्घटनाको इतिहासमा यसलाई चौथो ठूलो दुर्घटना भनिएको छ । र २१ औँ शताब्दीको सबैभन्दा ठूलो भनिएको छ । शालीमार–चेन्नइृ कोरोमंडल एक्सप्रेस र सर एम विश्वेश्वरैया–हावडा सुपरफास्ट एक्सप्रेस रेलका १७ डिब्ब रेल लाइनबाट बाहिर उछिट्टिएका छन् । यस दुर्घटनामा एक मालगाी (रेल) पनि परेको छ । 

    भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले यो दुर्घटनाको पूरा जाँच गरिने र दोषीलाई नछोड्ने बताएका छन्  ।

    images

    भारतीय रेलवे विभागले यो दुर्घटनाबारे औपचारिक धारणा सार्वजनिक गरेको छ । रेलवेका अनुसार ट्रेन नब्र १२४८१ कोरोमंडल एक्सप्रेस बहानगा बजार स्टेसनको मुख्य लाइनबाट गइरहेको थियो । सोही समयमा अप लूप लाइनमा सो रेल मालगाडी (रेल)सँग ठोक्कियो ।  त्यतिबला यात्रुबाहक रेल पूरा गतिमा भएकाले रोक्न सम्भव नभएको बताएको छ । यसरी रेल ठोक्किदा २१ वटा कोच डिरेल भएको र ३ वटा कोच लाइन आउट भएको रेलवेले जनाएको छ । 

    यसै समय डाउन लाइनबाट ट्रेन नम्बर १२८६४ यशवंतपुर–हावडा एक्सप्रेस बहानगा बजार स्टेसनबाट गइरहेको थियो र सो रेल कोरोमंडल एक्सप्रेससँग ठोक्कियो । यसपछि हावडा एक्सप्रेसका २ वटा डब्बा रेल लाइनबाट उछिट्टिए । रेलवेका अनुसार कोरोमंडल एक्सप्रेसमा १२५७ र हावडा एक्सप्रेसमा १०३९ जना यात्रुले बुकिङ गराएका थिए । 
    भारत सरकारले मृतकका आफन्तहरूलाई आर्थिक राहतको घोषणा गरेको छ ।