मंगलबार, कार्तिक १८ गते २०८३
images
images

नक्कली भुटानी शरणार्थी प्रकरण : जिल्ला अदालतमा थुनछेक बहस सुरु

एक्सप्रेस पाना
जेठ २१, २०८० आइतबार
  • 243
    SHARES
  • नक्कली भुटानी शरणार्थी प्रकरण : जिल्ला अदालतमा थुनछेक बहस सुरु

    नक्कली शरणार्थी प्रकरणमा आज (आइतबार) देखि हुने थुनछेक बहसका लागि समय–तालिका तयार पारिएको छ। 

    images

    नक्कली शरणार्थी प्रकरणमा पक्राउ परेका १८ अभियुक्तका विषयमा जिल्ला न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा आजदेखि थुनछेक बहस हुँदै छ। सबै अभियुक्तलाई हिरासतबाट अहिले जिल्ला अदालत काठमाडौं उपस्थित गराइएको छ। 

    थुनछेक बहसको इजलासमा पूर्वउप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाँण, पूर्वसांसद आङटावा शेर्पा, शरणार्थी नेता टेकनाथ रिजाल, हज समितिका अध्यक्ष शमशेर मिया, नेपाल सरकारका निलम्बित सचिव टेकनारायण पाण्डे, सानु भण्डारी, रामशरण केसी र गोविन्द चौधरीलाई उपस्थित गराइएको हो। उनीहरुसँगै इन्द्रजित राई, नरेन्द्र केसी, सन्देश शर्मा, सन्दीप रायमाझी, टंक गुरुङ, केशव दुलाल, सागर राई, लक्ष्मी महर्जन र हरिभक्त महर्जन पनि अहिले इजलासमा छन्। 

    images

    थुनछेक बहसका लागि न्यायाधीश न्यौपानेले समय विभाजन गरेका छन्। जेठ ३१ गते आदेश आउनेगरी उनले बहसको तालिका निर्धारण गरेका हुन्। 

    जसअनुसार आज, भोलि र पर्सि अर्थात् मंगलबारसम्म सरकारी वकिलले बहस गर्नेछन् भने यसपछि बुधबारदेखि ६ दिन प्रतिवादीतर्फका वकिलले बहस गर्नेछन्। अर्थात् प्रतिवादी पक्षका वकिलले बुधबार, बिहीबार, शुक्रबार, आइतबार, सोमबार र मंगलबारभित्र बहस सक्नुपर्नेछ। 

    त्यसपछि भोलिपल्ट बुधबार सरकारी वकिलले जवाफी बहस सक्ने र त्यही दिन आदेश आउनेगरी न्यायाधीश न्यौपानेले समय निर्धारण गरेका छन्। थुनछेक बहसपछि उनीहरूलाई पुर्पपक्षका लागि जेल चलान गर्ने वा कारागार बाहिरै राखेर मुद्दा अघि बढाउने भन्ने विषयमा निर्णय हुनेछ। पहिलो दिन आज अभियोग दायर गर्ने सरकारी वकिलले बहस गर्ने छन्।

    सरकारी वकिलहरू महेश खत्री, जनक घिमिरे, सीताराम अर्याल, दिनेश भट्टराई, शेरबहादुर परियार, निर्मला मरासिनी र प्रकाश घिमिरेले बहस गर्ने सरकारी वकिल कार्यालय काठमाडौंका प्रमुख अच्यूतमणि नेउपानेले जानकारी दिए। 

  • सम्बन्धित विषय:

  • # नक्कली शरणार्थी प्रकरण