आइतबार, कार्तिक १६ गते २०८३
images
images

स्वीडेनले सेक्सलाई दियो खेलको मान्यता, च्याम्पियन्सिप आयाेजना गर्ने घोषणा

एक्सप्रेस पाना
जेठ २१, २०८० आइतबार
  • 571
    SHARES
  • स्वीडेनले सेक्सलाई दियो खेलको मान्यता, च्याम्पियन्सिप आयाेजना गर्ने घोषणा

    ‘सेक्स’ अर्थात् यौन सम्पर्कलाई स्वीडेनले खेलको मान्यता दिएको छ । यससँगै स्वीडेन सेक्सलाई खेलको मान्यता दिने विश्वकै पहिलो राष्ट्र बनेको छ ।

    images

    स्वीडिस सेक्स फेडेरेसनले आगामी जुन ८ मा पहिलो युरोपियन सेक्स च्याम्पियन्सिप पनि आयोजना गर्ने घोषणा गरेको छ । ६ हप्तासम्म चल्ने यस प्रतियोगितामा खेलाडीले ४५ मिनेटदेखि एक घण्टासम्म दैनिक भाग लिन पाउनेछन् । दैनिक ६ घण्टा सेक्स प्रतियोगिता हुनेछ ।

    स्वीडिस सेक्स फेडेरेसनले यस विषयमा भनेको छ,‘खेलकुद रणनीतिको एक भागको रूपमा समावेश हुने सेक्स गेम युरोपेली देशहरू बीच राम्रोसँग विकसित हुनेछ ।’

    images

    फेडेरेसनका प्रमुख ड्र्यागन ब्य्राचका अनुसार सेक्स खेलमा सहभागी हुन अन्य खेलमा जस्तै शारीरिक अभ्यास चाहिन्छ । उनी भन्छन्,‘अन्य खेल जस्तै चाहेजस्तो नतिजा प्राप्त गर्न शारीरिक अभ्यास जरुरी छ ।’ टाइम्स अफ इन्डिया