मंगलबार, कार्तिक १८ गते २०८३
images
images

देशभर पुग्दै नेपाली कांग्रेसको रुपान्तरण अभियान, अब कांग्रेस रुपान्तिरण हुन्छ हुन्छ : नेता केसी

एक्सप्रेस पाना
जेठ २१, २०८० आइतबार
  • 230
    SHARES
  • देशभर पुग्दै नेपाली कांग्रेसको रुपान्तरण अभियान, अब कांग्रेस रुपान्तिरण हुन्छ हुन्छ : नेता केसी

    काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इतर समूहका नेताहरुले पार्टी शुद्धिकरणका लागि रुपान्तरण अभियानलाई थप बृहत बनाएको छ ।

    images

    मधेश प्रदेशको जनकुपरबाट शुरु भएको रुपान्तरण अभियान गण्डकी प्रदेशको पोखरामा सम्पन्न भएको छ । यसअघि बागमती प्रदेशका लागि काठमाडौंमा गरिएको रुपान्तरण अभियान शनिबार पोखरामा सम्पन्न भएको छ ।

    रुपान्तरण अभियानमा बोल्दै कांग्रेस नेता एवं संविधान सभा सदस्य जगदिश्वरनरसिंह केसीले रुपान्तरण अभियानले नेतृत्वप्रतिको बितृष्णालाई सम्बोधन गर्ने बताए । पोखरामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सो कुरा बताएका हुन् ।

    images

    पार्टीले सबैलाई समान व्यवहार नहुँदा आफूहरु विद्रोह गरेर रुपान्तरित कांग्रेसको रुप देखाउन देशभर वडावडा तहसम्म पुग्ने प्रतिबद्धता व्यक्त गरे ।