मंगलबार, भाद्र २३ गते २०८३
images

प्रधानमन्त्रीको भारत भ्रमणले देशलाई तरंगित बनायो : अध्यक्ष ओली

एक्सप्रेस पाना
जेठ २२, २०८० सोमबार
  • 282
    SHARES
  • प्रधानमन्त्रीको भारत भ्रमणले देशलाई तरंगित बनायो : अध्यक्ष ओली

    काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमाले अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओलीले प्रधानमन्त्रीको भारत भ्रमणले देशलाई तरंगित बनाएको बताएका छन् । 

    images

    सोमबार बसेको प्रतिनिधिसभा बैठकमा समय लिएर बोल्दै अध्यक्ष ओलीले प्रधानमन्त्रीको भारत भ्रमणले उत्साहित बनाउनुपर्नेमा देशलाई तरंगित बनाएको बताएका हुन् । 

    यही १७–२० जेठसम्म प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारतको भ्रमण गरेका थिए ।

    images

    सो भ्रमणमा बंगलादेशसम्म जाने बाटोका लागि नेपाली भूमि साट्ने प्रधानमन्त्री प्रचण्डको अभिव्यक्तिले देशलाई तरंगित बनाएको अध्यक्ष ओलीको भनाइ छ ।

  • सम्बन्धित विषय:

  • # केपी शर्मा ओली