सोमबार, कार्तिक १७ गते २०८३
images
images

नेप्से २५ दशमलव ६६ अङ्कले बढ्यो

एक्सप्रेस पाना
जेठ २३, २०८० मंगलबार
  • 246
    SHARES
  • नेप्से २५ दशमलव ६६ अङ्कले बढ्यो

    नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २५ दशमलव ६६ अङ्कले बढेको छ । आजको कारोबारमा नेप्से परिसूचक एक दशमलव ३५ प्रतिशतले बढेर एक हजार नौ सय २७ दशमलव ६५ अङ्कमा कायम भएको छ । 

    images

    आजको कारोबारमा दुई सय ६९ कम्पनीको ५५ लाख ४१ हजार आठ सय ७८ कित्ता शेयर ३६ हजार एक सय १८ पटक खरिदबिक्री हुँदा रू एक अर्ब ९८ करोड १० लाख १२ हजार सात सय बराबरको कारोबार भएको छ ।

    आज सबै समूहका उपसूचक हरियो देखिएका छन् । सबैभन्दा धेरै निर्जीवन बीमा समूहको उपसूचक चार सय ३१ दशमलव ६९ र होटल तथा पर्यटन समूहको उपसूचक एक सय ५६ दशमलव ९४ अङ्कले बढेको छ ।

    images

    बैंकिङ समूह एक दशमलव ८०, विकास बैङ्क २७ दशमलव ४८, वित्त १८ दशमलव ५५, जलविद्युत् ७५ दशमलव ७५ र लगानी शून्य दशमलव ६६ अङ्कले बढेको छ । त्यसैगरी, उत्पादन तथा प्रशोधन ३२ दशमलव ४६, म्युचुअल फन्ड शून्य दशमलव १८, व्यापार २९ दशमलव ८४ र अन्य समूह तीन दशमलव ९५ अङ्कले बढेको छ ।

    आज न्यादी हाइड्रोपावर लिमिटेडको शेयर मूल्य सबैभन्दा धेरै नौ दशमलव ८५ प्रतिशतले बढेको छ । सबैभन्दा धेरै गुमाउनेमा भने सेन्चुरी डिभेञ्चर २०८८ को शेयर मूल्य तीन दशमलव ०४ प्रतिशतले घटेको छ ।

    कारोबार रकम र कारोबार भएका शेयर सङ्ख्याका आधारमा आज सोल्टी होटल लिमिटेडको नौ करोड ६८ लाख ७२ हजार चार सय ३३ बराबरको दुई लाख ८४ हजार नौ सय ५५ कित्ता शेयर किनबेच भएको छ ।