सोमबार, कार्तिक १७ गते २०८३
images
images

चट्याङ लागेर लमजुङमा पाँच भैंसी मरे

एक्सप्रेस पाना
भाद्र ३०, २०७८ बुधबार
  • 561
    SHARES
  • चट्याङ लागेर लमजुङमा पाँच भैंसी मरे

    भदौ ३० काठमाडौं । लमजुङको क्व्होलासोंथर गाउँपालिका-४ भुजुङको लेक स्यालुमा चट्याङ लागेर पाँच वटा लैनो भैंसी मरेका छन् ।

    images

    चरनक्षेत्रमा पानी परेपछि ओत लाग्न रुखमुनि रहेका बेला चट्याङ खस्दा भैंसी मरेका किसान रुनबहादुर गुरुङले बताए ।

    सोमबार साँझ करिब ५ बजे परेको चट्याङले आफ्नो मात्रै ३ वटा भैंसी मरेका उनले बताए । बाँकी भैंसी वीरबहादुर गुरुङ (इना) का हुन् । किसानको करिब ३ लाख ५० हजार रुपैयाँ नोक्सान भएको स्थानीय नौराज गुरुङले बताए ।

    images