सोमबार, कार्तिक १७ गते २०८३
images
images

घट्याे सुनको मूल्य

एक्सप्रेस पाना
जेठ २९, २०८० सोमबार
  • 236
    SHARES
  • घट्याे सुनको मूल्य

    काठमाडौ । नेपाली बजारमा आज सोमबार सुनको भाउमा सामान्य रुपमा घटेकाे छ ।

    images

    साेमबार  सुनको भाउ तोलामा १०० रुपैयाँले घटेको हाे ।

    योसँगै प्रतितोला छापावाल सुन १ लाख १२ हजार ४०० रुपैयाँ र तेजाबी सुन  १ लाख ११ हजार ८५० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

    images

    आइतबार सुनको भाउ स्थिर रहेको थियो। यो दिन प्रतितोला छापावाल सुन १ लाख १२ हजार ५०० रुपैयाँ र तेजाबी सुन १ लाख ११ हजार ९५० रुपैयाँमा कारोबार भएको थियो । साेमबार चाँदीको भाउ पनि तोलामा १० रुपैयाँले घटेर १ हजार ४४५ रुपैयाँ कायम भएको छ ।

    आइतबार भाउ स्थिर रहँदै चाँदी तोलाको १ हजार ४५५ रुपैयाँमा किनबेच भएको थियो ।