सोमबार, कार्तिक १७ गते २०८३
images
images

विद्युत प्रसारण लाइनको टावरबाट खसेर घाइते भएका भारतीय नागरिकको मृत्यु

एक्सप्रेस पाना
भाद्र ३०, २०७८ बुधबार
  • 466
    SHARES
  • विद्युत प्रसारण लाइनको टावरबाट खसेर घाइते भएका भारतीय नागरिकको मृत्यु

    भदौ ३० सिन्धुपाल्चोक । अपर तामाकोसी जलविद्युत आयोजनाको प्रसारण लाइनको टावर बनाउने क्रममा खसेर घाइते भएका भारतीय नागरिकको मृत्यु भएको छ ।

    images

    सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका-१३, जल्किने नर्सिङडाँडामा टावर बनाउने क्रममा भारतीय नागरिक शेख मतिउरको बुधबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, सिन्धुपाल्चोकका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक दक्षकुमार बस्नेतले बताए ।

    २६ भदौैमा टावरको करिब १३ फिटमाथिबाट उनी खसेका थिए । टाउको, छाती तथा शरीरको विभिन्न भागमा चोट लागी गम्भीर घाइते भएका उनलाई उपचारका लागि मध्यपुर अस्पताल भक्तपुर लगिएको थियो । उपचारको क्रममा आज उनको मृत्यु भएको हो ।

    images

    २८ वर्षीय मतिउर एलएनटी कम्पनीका ठेकेदारमार्फत टावर निर्माण गर्दै आएका थिए । उनको शव पोस्टमार्टम गरी भारत लैजाने तयारी भइरहेको प्रहरीले जनाएको छ ।