सोमबार, कार्तिक १७ गते २०८३
images
images

३ केजी ३६० ग्राम सुनका गहनासहित त्रिभुवन विमानस्थलबाट २ जना पक्राउ 

एक्सप्रेस पाना
भाद्र ३०, २०७८ बुधबार
  • 274
    SHARES
  • ३ केजी ३६० ग्राम सुनका गहनासहित त्रिभुवन विमानस्थलबाट २ जना पक्राउ 

    भदौ ३० काठमाडौं । सुनका गरगहनासहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट २ जना पक्राउ परेका छन् ।

    images

    काठमाडौंबाट श्री एयरलाइन्सको उडानमार्फत विराटनगर जान लागेका कैलालीको बदगोरिया गाउँपालिका-१ का ३० वर्षीय बोधराज भण्डारी र धनुषाको जनकपुर उपमहानगरपालिका-२ का ४७ वर्षीय मुरारीराज अधिकारी पक्राउ परेका हुन् ।

    भण्डारी र अधिकारीको ब्याग एक्सरे मेसिनमा चेकजाँच गर्ने क्रममा २ करोड २४ लाख ९२ हजार ३९७ मूल्य बराबरको ३ केजी ३६० ग्राम सुन बरामद भएको विमानस्थल सुरक्षा प्रहरी कार्यालयले जानकारी दिएको छ ।

    images

    आवश्यक अनुसन्धान एवं कानूनी कारबाहीका लागि उनीहरुलाई ललितपुरस्थित राजश्‍व अनुसन्धान विभाग, हरिहरभवन, पुल्चोकमा पठाइएको प्रहरीले जनाएको छ ।