सोमबार, कार्तिक १७ गते २०८३
images
images

न्यूज २४ को चिफ रिपोर्टर जगन्नाथ दुलाल युवा पत्रकारिता पुरस्कारबाट सम्मानित

एक्सप्रेस पाना
भाद्र ३०, २०७८ बुधबार
  • 574
    SHARES
  • न्यूज २४ को चिफ रिपोर्टर जगन्नाथ दुलाल युवा पत्रकारिता पुरस्कारबाट सम्मानित

    भदौ ३० काठमाडौं ।  नेपाल प्रेस युनियन काठमाडौं शाखाका अध्यक्ष जगन्नाथ दुलाल प्रेस काउन्सिल युवा पत्रकारिता पुरस्कारको लागि छनौट भएका छन्। पुरस्कारलगायत विभिन्न विषयमा छलफल गर्न काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतको अध्यक्षतामा बसेको बैठकले दुलाल लगायत १४ पत्रकारलाई युवा पत्रकारिता पुरस्कार दिने निर्णय गरेको हो ।

    images

    पुरस्कार पाउनेमा दुलालसंगै घनश्याम खड्का, उर्वशी बस्नेत न्यौपाने, एलपि देवकोटा, जीवन सेजुवाल, मेघराज खड्का, केसी, लामिछाने,देवेन्द्र बस्नेत, देवचन्द्र भट्ट, चुडामणि लिम्बु, भगवती थापा, शिवकुमार रिजाल, रमेश खतिवडा र तिर्थ जैसी रहेका छन्। समाजशास्त्र र राजनीतिमा स्नातकोत्तर, कानुनमा स्नातक (एलएलबी ) गरेका दुलाल विगत एक दशकदेखि पत्रकारितामा क्रियाशिल रहेका छन्। 

    उनले  हिमालय, माउन्टेन टेलिभिजन, काराेबार दैनिक, बाह्रखरी डट कममा काम गरिसेकका छन् । हाल उनी न्युज ट्वान्टी फो टेलिभिजनमा कार्यरत रहेका छन्। त्यस्तै काउन्सिल यस वर्षको गोपालदास पत्रकारिता पुरस्कार वरिष्ठ पत्रकार भारतदत्त कोइरालालाई र  सुरेन्द्रबहादुर बस्नेत पत्रकारिता पुरस्कार पोखराका बद्रीविनोद खनाल ‘प्रतीक’लाई दिने निर्णय गरेको छ । प्रेस काउन्सिल आचारसंहिता पुरस्कार हिमालय टाईम्स दैनिक (उज्वलशर्मा) लाई दिने निर्णय भएको काउन्सिलले जनाएको छ ।

    images

    त्यसैगरी विमल गौतम र दाङका पत्रकार दुर्गालाल केसीलाई प्रेस काउन्सिल सशक्त सञ्चारकर्मी पुरस्कारबाट सम्मानित गरिने भएको छ ।