सोमबार, कार्तिक १७ गते २०८३
images
images

५ किलो चाँदीसहित दुई भारतीय युवक पक्राउ

एक्सप्रेस पाना
भाद्र ३१, २०७८ बिहीबार
  • 244
    SHARES
  • ५ किलो चाँदीसहित दुई भारतीय युवक पक्राउ

    भदौ ३१ लहान । ठुलो परिमाणमा चाँदीसहित सिरहा प्रहरीले दुई भारतीय युवकलाई पक्राउ गरेको छ ।

    images

    सिरहाको लहानबाट भारततर्फ तस्करी गर्न लगिरहेको करिब पाँच किलो चाँदीसहित प्रहरीले भारतको खुटौना पञ्चायतका रवि महतो र पिन्टु महतोलाई पक्राउ गरेको हो ।

    जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सुभाष बुढाथोकीका अनुसार बुधबार साँझ जाँचका क्रममा भारतीय सीमा क्षेत्र ठाडीबाट चाँदीसहित दुवै जनालाई पक्राउ गरिएको हो ।

    images

    पक्राउ परेका दुवैलाई इलाका प्रहरी कार्यालय लहानमा राखिएको र थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक बुढाथोकीले बताए ।