काठमाडौ । समाजवादी मोर्चा नेपाल सम्बद्ध चार युवा संगठनको बैठक विभिन्न निर्णयका साथ सम्पन्न भएको छ।
नेकपा (एकीकृत समाजवादी)को केन्द्रिय कार्यलय आलोकनगरमा भएको बैठकमा युवा संघ नेपालका कार्यबाहक अध्यक्ष कृष्ण बिश्वकर्माले अध्यक्षता गरेका थिए ।
बैठकमा वाइसीएल नेपालका वरिष्ठ उपाध्यक्ष कसम गुरुङ, युवा संगठन नेपालका अध्यक्ष पाटन सि, समाजवादी युवा संघका कावा अध्यक्ष सन्जिप यादव लगायतको प्रतिनिधि मुलक बैठक रहेको वाइसिएलका उपाध्यक्ष सुवित ढुंगानाले बताए ।

समाजवादी मोर्चाको घोषणा लगत्तै असार ७ गते माओवादी केन्द्रको केन्द्रिय कार्यलय पेरिस डाडामा वाइसिएल नेपालका अध्यक्ष शुवोध श्रीपालीको अध्यक्षमा बसि समाजवादी मोर्चा घोषणाको बिज्ञपती मार्फत स्वागत गरेका थिए ।
आजको बैठकले सरकारले गरेको भ्रष्टाचार विरुद्धको अभियानलाई धन्यवाद, प्रचार मोर्चा र प्रकृति प्रकोप स्यंमसेवि मोर्चा बनाइ कार्यगत एकता गर्ने युवा संघका कोषाध्यक्ष दिपक दुवाडिले बताए ।
.jpg)


