मंगलबार, कार्तिक १८ गते २०८३
images
images

उपप्रधानमन्त्री श्रेष्ठद्वारा चीनको पाण्डा प्रजनन केन्द्रको अवलोकन

एक्सप्रेस पाना
आषाढ १४, २०८० बिहीबार
  • 267
    SHARES
  • उपप्रधानमन्त्री श्रेष्ठद्वारा चीनको पाण्डा प्रजनन केन्द्रको अवलोकन

    छेन्दु (चीन), १४ असार : उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सिचुवान प्रान्तको छेन्दुमा रहेको पाण्डा प्रजनन केन्द्रको अवलोकन गर्नुभएको छ । 

    images

    पाँचदिने चीन भ्रमणमा रहनुभएका उहाँले आज उक्त प्रजनन केन्द्रको अवलोकन गर्नुभएको हो । सो क्रममा केन्द्रका पदाधिकारीले उहाँलाई पाण्डा संरक्षणमा चीन सरकारले गरेका कार्यका सम्बन्धमा जानकारी गराउनुभएको थियो । 

    चीनले पाण्डालाई उचित महत्व दिँदै संरक्षणमा जोड दिँदै आएको छ । सो केन्द्रमा करिब दुई सयको सङ्ख्यामा पाण्डा रहेका छन् । पाण्डा अवलोकनका लागि सो केन्द्रमा दैनिक ९० लाख पर्यटक पुग्ने गरेको छन् । केन्द्रमा पाण्डाको प्रजनन कार्य हुँदै आएको छ । 

    images