मंगलबार, कार्तिक १८ गते २०८३
images
images

कोशीमा पनि ढल्यो एमाले सरकार

एक्सप्रेस पाना
आषाढ १५, २०८० शुक्रबार
  • 269
    SHARES
  • कोशीमा पनि ढल्यो एमाले सरकार

    बिराटनगर । नेकपा एमाले नेतृत्वको कोशी प्रदेश सरकार ढलेको छ ।

    images

    विश्वासको मत लिने मुख्यमन्त्री हिक्मतकुमार कार्कीको प्रस्ताव प्रदेशसभाले अस्वीकृत गरेपछि उनको हो ।

    बैठकमा ८९ प्रदेश सभा सदस्यमात्र उपस्थित थिए । कार्कीको पक्षमा जम्मा ४६ मत खस्यो । एमालेका ४० र राप्रपाका ६ प्रदेशसभा सदस्यले मत दिए । उनको विपक्षमा ४३ मत खसेको छ । अब कोशीमा नयाँ सरकार गठनको प्रक्रिया सुरु हुनेछ । 

    images

    २०७९ मंसिरमा भएको प्रदेश सभा चुनावपछि २४ पुसमा कार्की मुख्यमन्त्री नियुक्त भएका थिए ।