भदौ ३१ काठमाडौं । संखुवासभामा एकै परिवारका ६ जनाको हत्या प्रकरणमा पक्राउ परेका मुख्य आरोपी लोकबहादुरका भाइ पनि पक्राउ परेका छन् ।
गत भदौ २१ गते ५५ वर्षीय तेजबहादुर कार्की, उनकी आमा पार्वती कार्की, श्रीमती कमला कार्की, बुहारी रञ्जना कार्कीका साथै नातिनातिना विपिन कार्की र वर्षीया गोमा कार्कीको हत्या भएको थियो । लोकबहादुरले नै हत्या गरेको ठहर गर्दै प्रहरीले केही दिन अघि पक्राउर गरेर सार्वजनिक गरिसकेको छ ।
त्यस्तै उनका भाइमाथि शंका लागेपछि थप अनुसन्धानका लागि भन्दै नरेश कार्कीलाई नियन्त्रणमा लिएर सोधपुछ भइरहेको सङ्खुवासभाका डिएसपी लालध्वज सुवेदीले जनाएका छन् । उनका अनुसार हत्या गरिएकामध्ये एकजनाको मोबाइल लोकबहादुरको घरमा फेला परेको थियो । उक्त मोबाइल नरेशले लुकाएको हुनसक्ने प्रहरीको आशंका छ ।
आशंकाकै आधारमा नरेशलाई पक्राउ गरिएको हो । अनुसन्धानका क्रममा उनीमाथि पनि सोधपुछ गर्नुपर्ने देखिएकाले नियन्त्रणमा लिएको प्रहरीको भनाइ छ । अनुसन्धानका क्रममा प्रहरी अधिकारीले नरेशको साथबाट हत्या गरिएकी रञ्जना कार्कीको मोबाइल बरामद गरेका छन् । यसबाट अनुसन्धानमा नयाँ तथ्यहरु खुल्ने प्रहरीको विश्वास छ ।
.jpg)


