मंगलबार, कार्तिक १८ गते २०८३
images
images

माधवजी र मैले नेकपातिरै फर्किनुपर्छ भनेका छौँ : प्रचण्ड

एक्सप्रेस पाना
आषाढ १७, २०८० आइतबार
  • 251
    SHARES
  • माधवजी र मैले नेकपातिरै फर्किनुपर्छ भनेका छौँ : प्रचण्ड

             प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तत्कालीन नेकपालाई एकतावद्ध गर्नुपर्ने बताएका छन् । 

    images

    आज भक्तपुरमा आयोजित नारायणविलास जोशीको ३४औँ स्मृति दिवस कार्यक्रमलाई सम्बोधन गर्दै उनले समाजवादी मोर्चा घोषणाको बेलामा पनि नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल र आफूले  फेरि नेकपातिरै फर्किनुपर्ने र फेरि पार्टीलाई एकतावद्ध गर्नुपर्ने कुरा उल्लेख गरेको बताए ।

    357431394_798828714940860_4639738172895901798_n.jpg

    images

    उनले त्यसका लागि समाजवादी मोर्चा बनाएर वाममपन्थीहरूलाई एकतावद्ध गर्ने पहल सुरु गरिसकेको पनि बताए ।

    ‘अहिले कमरेड माधवकुमार नेपाल, म लगायत कमरेड विप्लव र कमरेड उपेन्द्र यादव समेतले फेरि समाजवादी मोर्चा बनाएर वामपन्थीहरूलाई एकतावद्ध गर्ने पहल सुरु गरेका छौँ ।

    माधवजीले पनि र मैले पनि के भनेका छौँ भने फेरि नेकपातिरै फर्किनुपर्छ । फेरि पार्टीलाई एकतावद्ध गर्नुपर्छ भन्नेकुरा भनेका छौँ’, उनले भने ।

    357058706_798828748274190_7492666788243141605_n.jpg

    उनले कम्युनिस्ट शक्तिलाई एकतावद्ध गर्दा देशमा समाजवादको एउटा नयाँ यात्रा अघि बढ्नसक्छ भन्ने ठानेर आफूले तत्कालीन नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँगै कम्युनिस्टहरूलाई एकतावद्ध गरेको बताए । उनले सबै कम्युनिस्टहरूले आफ्ना त्रुटिहरूलाई सच्याएर अघि बढ्नुपर्ने बताए ।