सोमबार, कार्तिक १७ गते २०८३
images
images

रामेछापमा बोलेरो दुर्घटना हुँदा ३ जनाको मृत्यु

एक्सप्रेस पाना
भाद्र ३१, २०७८ बिहीबार
  • 233
    SHARES
  • रामेछापमा बोलेरो दुर्घटना हुँदा ३ जनाको मृत्यु

    भदौ ३१ मन्थली । काठमाडौंबाट ओखलढुंगा जाँदै गरेको बोलेरो रामेछापमा दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । बिहान मन्थली नगरपालिका वडा नम्बर-६ हात्तिसार कुनौलीबाट जीप खसेर दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।

    images

    प्रदेश नम्बर ३ –०१–०२३–च–३५१३ नम्बरको जीप सडकबाट पाँच सय मिटर तल खसेको प्रहरी जनाएको छ । दुर्घटनामा परी एक जना गम्भीर घाइते भएको छन् ।

    ओखलढुंगा घर भएका अन्दाजी ३४–३५ वर्षीय लक्पा शेर्पा र उनकी श्रीमती फुरूबाको मृत्यु भएको छ । अर्का एक जनाको भने पहिचान खुलेको छैन ।  घाइते बालक अन्दाजी १२ वर्षीय पेम्बा शेर्पा छन् । उनी गम्भीर अवस्थामा रहेको प्रहरीले जनाएको छ ।

    images