काठमाडौं : नेविसंघका अध्यक्ष दुजाङ शेर्पाले विद्यार्थी आन्दोलनकाे नव प्रारूप छिट्टै प्रस्तुत गर्ने बताएका छन् ।
विद्यार्थी आन्दोलनकाे परम्परागत कार्यशैली रूपान्तरण नहुँँदा विद्यार्थी राजनीतिमाथि प्रश्न उठेकाे भन्दै शेर्पाले अब नव प्रारूप प्रस्तुत गर्ने बताएका हुन् ।
कांग्रेस महामन्त्री गगन थापाले विश्वविद्यालयमा राजनीतिकाे झाेला बाेक्न नहुने बताएपछि अहिले विद्यार्थी राजनीतिकाे ओैचित्यमाथि बहस सुरू भएकाे छ ।
अध्यक्ष शेर्पाले १४ वर्षपछि स्ववियु निर्वाचन सम्पन्न भएकाे भन्दै अब स्ववियुले विद्यार्थी राजनीतिकाे ओैचित्य पुष्टि गर्नुपर्ने अवस्था आएकाे बताएका छन् । शेर्पाले लेखेका छन्, `विद्यार्थी राजनीतिकाे महत्व देशभरका स्ववियु आफ्नो कार्यमार्फत दखाउनैपर्छ । त्यसका साथै विद्यार्थी आन्दोलनकाे नव प्रारूप पनि सबै माझ छिट्टै प्रस्तुत हुनेछ । अहिलेलाई यतिनै । थप नेविसंघ केन्द्रीय कार्यसमिति आएपछि ।
.jpg)


