काठमाडौँ । संसद्को अवरोध खुलाउन सत्तारुढ दलका शीर्ष नेताले प्रमुख प्रतिपक्ष दल नेकपा एमालेसँग वार्ता सुरु गरेका छन् ।
सत्ता गठबन्धनको निर्णयलगत्तै केपी शर्मा ओलीसँग वार्ताका लागि कांग्रेस सभापति शेरबहादुर देउवा सिंहदरबार पुगेका थिए ।
नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अभिव्यक्तिलाई लिएर प्रधानमन्त्रीको राजीनामा माग्दै सदन अवरोध गर्दै आएको छ । ‘अहिले केहीबेरमा एमाले अध्यक्ष ओलीसँग वार्ता हुँदैछ, त्यसका लागि नेताहरू आउने क्रम सुरु भएको छ’, प्रधानमन्त्री प्रचण्डको सचिवालयले भन्यो, ‘संसद्को अवरोध हटाउने बारेमा छलफल तय भएको छ ।’
.jpg)


