सोमबार, कार्तिक १७ गते २०८३
images
images

मोबाइल, कपडा, चेक किनारमै छाडेर भेरी नदीमा हामफालिन् यी महिला

एक्सप्रेस पाना
भाद्र ३१, २०७८ बिहीबार
  • 461
    SHARES
  • मोबाइल, कपडा, चेक किनारमै छाडेर भेरी नदीमा हामफालिन् यी महिला

    भदौ ३१ सुर्खेत । भेरी नदीमा एक अपरिचित महिलाले हाम फालेकी छन् । भेरी नदीको किनारामा कपडा, मोबाइल र चेकलगायतका सामान छाडेर भेरी नदीमा हामफालेकी हुन् । 

    images

    आफू मलामी गएको बेला भेरी नदी किनारबाट महिलाले हामफालेको प्रदेश सभा सांसद पदमा खड्काले बताइन् । ‘नदी किनारामा केही कागज र कपडा छन्, प्रहरी नपुग्दासम्म हामीले हेर्न मिलेन,’ उनले भनिन्, ‘तत्काल उनको खोजी र पहिचानका लागि प्रहरीचौकी सुब्बाकुनालाई खबर गरिदिएका छौं ।’ 

    जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी निरीक्षक कनक शाहीले पनि घटनास्थलमा प्रहरी गएकाले थप विवरण केही बेरमा थाहा हुने बताए । नदीमा हाम फालेकी महिलाले नदी किनारमा केही सामान छाडेकी छन् । 

    images