मंगलबार, कार्तिक १८ गते २०८३
images
images

नेकपा (एस) निकट युवा संघ नेपालद्वारा मिटरब्याज पीडितहरुको आन्दोलनमा एक्यवद्धता

एक्सप्रेस पाना
आषाढ २४, २०८० आइतबार
  • 265
    SHARES
  • नेकपा (एस) निकट युवा संघ नेपालद्वारा मिटरब्याज पीडितहरुको आन्दोलनमा एक्यवद्धता

    काठमाडौ । सत्तारुढ दल नेकपा (एकीकृत समाजवादी) निकट युवा संघ नेपालले मिटरब्याज पीडितको समस्या समाधानका लागि सरकारले २० वैशाखमा ल्याएको मुलुकी संहितासम्बन्धी ऐनलाई संशोधन गर्ने अध्यादेश २०८० को प्रतिस्थापन विधेयक निष्क्रिय भए पछि पीडितहरुको आन्दोलनलाई एक्यवद्धता जनाएको छ।

    images

    संघका उपमहासचिव एवं प्रवक्ता सन्जिप राइले सामाजिक संजाल फेसबुक मार्फत धारणा व्यक्त गर्दै देशभक्त-प्रगतिशील, लोकतान्त्रिक- समाजवादी युवाहरूलाई आन्दोलनमा उत्रन आह्वान गर्दै युवा संघ नेपालको एक्यवद्धता रहेको जानकारी गराएका छन्  ।

    प्रवक्ता राईले सरकारले २० वैशाखमा ल्याएको मुलुकी संहितासम्बन्धी ऐनलाई संशोधन गर्ने अध्यादेश २०८० को प्रतिस्थापन विधेयक षड्यन्त्र पुर्वक संसदबाट निष्क्रिय तुलाएको र यो मानव मारा दलाल पुजीवादी व्यवस्थाको फेरि एक पल्ट डटेर सामना गरौ..! मिटर ब्याजी सांसदहरु र दलको पहिचान गरौ भनी आक्रोश व्यक्त गरेका छन् ।

    images

    युवा संघले सरकार सङ पीडितहरुलाई न्याय र अविलम्ब संसदबाट विधेयक पारित गर्न माग गरेका छन् ।